Khabar Out
काभ्रेमा १६ हजार छात्रालाई एचपीभी खोप लगाइने
काभ्रेमा १६ हजार छात्रालाई एचपीभी खोप लगाइने राष्ट्रिय खोप कार्यक्रमअन्र्तगत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्यनरत १६ हजार छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप दिइने भएको छ ।
महाभारत जङ्गलको डढेलो नियन्त्रणमा, पर्यटकीय क्षेत्र खुला
महाभारत जङ्गलको डढेलो नियन्त्रणमा, पर्यटकीय क्षेत्र खुला काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृङ्खलाको सामुदायिक वनमा लागेको डढेलो आजदेखि नियन्त्रणमा आएको छ । गत मङ्गलबार दिउँसोदेखि खानीखोला गाउँपालिका–१ स्थित थामलेख डाँडास्थित महाभारत जङ्गलबाट आगलागी सुरु भएको थियो ।
नेपाल–चीन सुरक्षाकर्मीद्वारा हुम्लाको उत्तरी सीमा क्षेत्रमा संयुक्त अनुगमन
नेपाल–चीन सुरक्षाकर्मीद्वारा हुम्लाको उत्तरी सीमा क्षेत्रमा संयुक्त अनुगमन नेपाल र चीनका सुरक्षाकर्मीले हुम्लाको उत्तरी सीमा क्षेत्रको संयुक्त अनुगमन गरेका छन् । उत्तरी नाम्खा गाउँपालिका–५ हिल्साको किट क्षेत्रमा पर्ने सीमानाकाको शनिबार अनुमगन गरिएको हो ।
रोशी खोलाको नौ किलोमिटर सिमाङ्कन सकियो
रोशी खोलाको नौ किलोमिटर सिमाङ्कन सकियो काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको भीषण बाढीपहिरोबाट प्रभावित काभ्रेपलाञ्चोकको पनौतीको खोलाको सिमाङ्कन तथा व्यक्तिको जमिन यकीन कार्यअन्तर्गत रोशी खोलाको सिमाङ्कन कार्य सकिएको छ ।  करिब दुई हप्ताको अवधिमा जिल्लास्थित विभिन्न कार्यालयका प्राविधिकमार्फत नौ किलोमिटर खोलाको सिमाङ्कन सकिएको जनाइएको छ ।  बाढीपहिरोले खोलाको सिमाङ्कनसँगै व्यक्तिको घर तथा जमिनको अवस्थितिसमेत तहसनहस...
सिद्धबाबा सुरुङमार्गको आज ‘ब्रेक थ्रु’
सिद्धबाबा सुरुङमार्गको आज ‘ब्रेक थ्रु’ राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम (‘ब्रेक थ्रु’) आज हुँदैछ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोल्ने काम सकिएको छ । 
उद्यमी बन्न चाहनेलाई हलेसी नगरपालिकाले बिना ब्याजमा ऋण दिने
उद्यमी बन्न चाहनेलाई हलेसी नगरपालिकाले बिना ब्याजमा ऋण दिने हलेसी तुवाचुङ नगरपालिकाका उद्यमी बन्न चाहने स्थानीयले बिना ब्याजका ऋण पाउने भएका छन् । कृषि, पशुपालन, होमस्टे (घरबास) सञ्चालनलगायतका लघुउद्यम गर्न चाहने स्थानीय नागरिकका लागि नगरपालिकाले रु पाँच लाखसम्मको बिनाब्याजका ऋण दिने व्यवस्था मिलाएको हो । 
असोजका बाढीपीडितले अहिले पाए राहत सामग्री
असोजका बाढीपीडितले अहिले पाए राहत सामग्री सिरहा । गत असोज १० देखि १३ गतेसम्मको अविरल वर्षाले क्षति पुर्‍याएका लहान नगरपालिका–४ इस्लामपुर र सुन्दपुरका ६० घरपरिवारले राहत सामग्री पाएका छन् ।  मङ्गलबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त राहत सामग्री लहान नगरपालिकाले वितरण गरेको हो । 
तनहुँका १४ हजार छात्रालाई एचपीभी खोप लगाइँदै
तनहुँका १४ हजार छात्रालाई एचपीभी खोप लगाइँदै जिल्लाका १४ हजार बढी छात्रालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने भएको छ । जिल्लास्थित दशवटै स्थानीय तहका विद्यालयमा अध्ययनरत १४ हजार हजार दुई सय ७८ छात्रालाई एचपीभी खोप लगाउन लागिएको हो ।
अर्धवार्षिक व्यापार घाटा : सात खर्ब २३ अर्ब ५८ करोड १३ लाख
अर्धवार्षिक व्यापार घाटा : सात खर्ब २३ अर्ब ५८ करोड १३ लाख चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले कूल रु नौ खर्ब २१ अर्ब १६ करोडको वैदेशिक व्यापार गर्दा रु सात खर्ब २३ अर्ब ५८ करोड १३ लाख घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत पुस मसान्तसम्ममा रु आठ खर्ब २२ अर्ब ३७ करोड पाँच लाख...
रुख कटान नहुँदा मदन भण्डारी राजमार्ग निर्माण प्रभावित
रुख कटान नहुँदा मदन भण्डारी राजमार्ग निर्माण प्रभावित वन विभागबाट रुख कटान अनुमति प्राप्त नहुँदा मदन भण्डारी राजमार्गको सडक र पुल निर्माण प्रभावित भएको छ । राजमार्गको पूर्वी खण्डअन्तर्गत झापाको बाहुनडाँगीबाट सुनसरीको धरानसम्म ९५ दशमलव आट किलोमिटर सडक हाल निर्माणाधीन छ । उक्त खण्डमा ३७ वटा पुल छन् ।
स्वास्थ्य बीमाकाे सुधारका लागि स्वास्थ्य मन्त्रालयद्वारा कार्ययोजना सुरु
स्वास्थ्य बीमाकाे सुधारका लागि स्वास्थ्य मन्त्रालयद्वारा कार्ययोजना सुरु काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनअनुसार सुधार योजना अघि बढाएका छन् । प्रतिवेदनका आधारमा तत्काल गर्न सकिने व्यवहारिक र नीतिगत सुधार तथा दीर्घकालिन सुधारका लागि आन्तरिक गृहकार्य अघि बढाइएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । मन्त्री पौडेलले यसका लागि मन्त्रालयका अतिरिक्त सचिव...
राष्ट्रिय परिचयपत्र विरुद्धको रिट खारेज, केही निर्देशनात्मक आदेश भने आउन बाँकी
राष्ट्रिय परिचयपत्र विरुद्धको रिट खारेज, केही निर्देशनात्मक आदेश भने आउन बाँकी राष्ट्रिय परिचयपत्रलाई अनिवार्यमा रोक लगाउनुपर्ने मागसहित दायर रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्च अदालतको फैसलासँगै सरकारलाई राष्ट्रिय परिचयपत्र लागु गर्ने बाटो खुलेको छ ।
Weather Update