जिप्रका म्याग्दीले अनलाइनबाटै नागरिकताको सिफारिस गर्ने
शनिबार, माघ ५, २०८१

नेपाल–भारत सीमास्तम्भको मर्मत सुरु
शुक्रबार, माघ ४, २०८१
कैलालीमा नेपाल भारत सीमामा रहेका सीमास्तम्भ मर्मत तथा रङरोगन सुरु भएको छ । बिहीबार कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको उपस्थितिमा नेपाल र भारतका सुरक्षा निकायको सहभागितामा सीमास्तम्भ मर्मत सुरु गरिएको हो ।

भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित
बिहीबार, माघ ३, २०८१
काँक्रेविहार । कर्णाली प्रदेशको महत्वपूर्ण आयोजनाका रुपमा रहेको भेरी करिडोर सडक खण्डको स्तरोन्नति गर्न अर्थ मन्त्रालयले रु चार अर्ब २० करोड बजेट सुनिश्चित गरेको छ । नलगाड नगरपालिका–१२ तल्लुदेखि डोल्पाको त्रिपुराकोटसम्म स्तरोन्नति गर्न मन्त्रालयले उक्त बजेट सुनिश्चित गरेको हो ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङको आवासगृहमा आगलागी, एक जना घाइते
बिहीबार, माघ ३, २०८१
मुस्ताङ। जिल्ला प्रशासन कार्यालय मुस्ताङको आवासगृहमा आज बिहान आगलागी हुँदा एक जना घाइते भएका छन् । जोमसोमस्थित प्रशासन कार्यालयको पुरानो भवनमा आगलागी हुँदा प्रमुख जिल्ला अधिकारीका सुरक्षागार्ड प्रहरी हवल्दार खेमप्रसाद तिवारी घाइते भएका छन् ।

कन्काई पुल : १३ वर्षदेखि अलपत्र, पाँच पटक म्याद थप्दा बल्ल आधा काम
बिहीबार, माघ ३, २०८१
झापा गाउँपालिका वडा नम्बर २ र गौरीगञ्ज गाउँपालिका वडा नम्बर १ जोड्ने कन्काई पुलको निर्माण विगत १३ वर्षदेखि अलपत्र परेको छ ।

पेट्रोलमा दुई , डिजेल र मट्टीतेलमा तीन रुपैयाँले मूल्य वृद्धि
बुधबार, माघ २, २०८१
नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ ।
निगमका अनुसार पेट्रोलमा प्रति लिटर दुई तथा डिजेल र मट्टीतेलमा प्रति लिटर तीन रुपैयाँ मूल्य वृद्धि भएको छ ।

आज भूकम्प सुरक्षा दिवस, विपदमा सधैं किन चुक्छ सरकार ?
बुधबार, माघ २, २०८१
विसं १९९० को विनाशकारी भूकम्पको त्रास बेहोर्नेहरु अहिले निकै कम सङ्ख्यामा छन् । तत्कालीन भूकम्पको त्रासदीपूर्ण अनुभव सङ्गालेकाहरु कम भए पनि अहिलेको पुस्ताले २०७२ सालमा त्यस्तै प्रकारको अनुभव भने बेहोरेको छ ।

देवघाटमा स्नान गर्न घुइँचो : गैँडाकोटबाट निःशुल्क डुङ्गाको व्यवस्था
मंगलबार, माघ १, २०८१
नवलपरासी । हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल देवघाटधाममा माघे सङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको घुइँचो लागेको छ । तीर्थालुको सुविधाका लागि गैँडाकोटबाट निःशुल्क डुङ्गाको व्यवस्था गरिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व), तनहुँ र चितवनमा पर्ने कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटको बेनीमा स्नान गर्न जान जिल्लाको गैँडाकोट–३ नम्बर वडा कार्यालयले निःशुल्क डुङ्गाको...

कैलालीमा माघीको रौनक
मंगलबार, माघ १, २०८१
घोडाघोडी । जिल्लाका विभिन्न स्थानमा माघेसङ्क्रान्ति पर्व अर्थात् माघीको रौनक सुरु भएको छ । विशेषगरी थारू समुदायले माघलाई नयाँ वर्षका रूपमा लिने गर्दछन् । थारू समुदायमा माघेसङ्क्रान्तिका अवसरमा बङ्गुुरको मासु अनिवार्य जसे भएकाले सोको जोहो गर्नुका साथै ढिक्रीका लागि चामलको पिठो पिसाउने, दुनाटपरी गाँस्नेलगायत काम सम्पन्न भएको स्थानीय बताउँछन्।

संसद् बैठक शीघ्र आह्वान गर्न नागरिक समाजको आग्रह
सोमबार, पुस २९, २०८१
काठमाडौँ । नागरिक समाजका अगुवाहरुले यथाशक्य चाँडो संसद् बैठक आह्वान गर्नुपर्नेमा जोड दिँदै सबै ऐनकानुन सदनबाटै बन्नुपर्ने बताएका छन् । नागरिक समाजका अगुवाहरुको आइतबार भएको बैठकले सो आग्रह गरेका हुन् ।

आजदेखि एक महिने स्वस्थानी व्रतकथा सुरु
सोमबार, पुस २९, २०८१
वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमास अनुसार माघ महिनालाई विशेष रुपमा छुट्याइएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ ।

७ करोडको काठ वन कार्यालयमै कुहिँदै, नीतिलाई देखाएर कर्मचारी पन्सिदै
आइतबार, पुस २८, २०८१
सुनसरीको धरान उपमहानगरपालिका–८ तीनकुनेमा रहेको सबडिभिजन वन कार्यालय पाँचकन्या र विष्णुपादुका सबडिभिजन वन कार्यालयमा राखिएको काठ कुहिन थालेको छ ।

पृथ्वीजयन्तीका अवसरमा जङ्गी अड्डामा विविध कार्यक्रम आयोजना
शनिबार, पुस २७, २०८१
राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज सैनिक मुख्यालय जङ्गी अड्डामा विविध कार्यक्रम आयोजना गरिएको छ ।
साताको लोकप्रीय