ओडिसा घटनाका विषयमा कूटनीतिक पहल भइरहेको छ : परराष्ट्रमन्त्री राणा
सोमबार, फागुन ५, २०८१

खानेपानीको चरम समस्या, खोलाकै पानी पिउँन् बाध्य स्थानीय
आइतबार, फागुन ४, २०८१
उदयपुरको कटारी नगरपालिका–१, माथिल्लो खसिबासका स्थानीयलाई खानेपानीको समस्या छ । खानेपानीको कुनै पनि आयोजना सञ्चालन नहुँदा यहाँका स्थानीय खोलाको पानी पिउन बाध्य छन् ।

झापामा वन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो
शनिबार, फागुन ३, २०८१
वन डिभिजन कार्यालयले मेचीनगर नगरपालिका–१३ चारआलीस्थित प्रगति सामुदायिक घनक्षेत्र अतिक्रमण गरी बनाइएका १८ अस्थायी टहरा हटाएको छ । पूर्वपश्चिम राजमार्गसँग जोडिएको उक्त स्थानमा विगत १८ वर्षदेखि तरकारी र माछा मासु बजार सञ्चालन गर्दै आएका १८ परिवारले वन क्षेत्र अतिक्रमण गरी अनधिकृत अस्थायी संरचना बनाएका थिए ।

तनहुँमा २६ हजार भूमिहीनको लगत सङ्कलन
शनिबार, फागुन ३, २०८१
तनहुँ । भूमि समस्या समाधान आयोगले तनहुँमा २६ हजार बढी भूमिहीनको लगत सङ्कलन गरेको छ । यसअघि गठन भएको आयोगले २६ हजार एक सय १७ भूमिहीनको लगत सङ्कलन गरेको र हाल गठन भएको आयोगले सोही विवरणको आधारमा कामलाई अगाडि बढाउने तयारी गरेको छ । आयोगका सदस्य सचिव एवं नापी कार्यालयका...

नेपाल र भारतबीच उच्च क्षमताका थप प्रसारण लाइन निर्माण गर्ने सहमति
शुक्रबार, फागुन २, २०८१
अन्तरदेशीय विद्युत् व्यापारका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने विषयमा नेपाल र भारतबीच सहमति भएको छ । सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने महत्त्वकाङ्क्षा सार्वजनिक गरेको सन्दर्भमा दुई देशबीच उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्ने विषयमा मतैक्यता भएको हो ।

छोरीको शव ल्याउन १० महिनादेखि भौँतारिरहेकी ७० वर्षीया आमा
बिहीबार, फागुन १, २०८१
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–४ की ७० वर्षीया धनमाया सार्कीको आँखा विगत १० महिनादेखि ओभानो भएको छैन । रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि धनमायाको आँखाबाट आँसु रोकिएको छैन ।

स्वास्थ्य उपकरण खरिदमा मन्त्रीको संलग्नता हुँदैनः मन्त्रालय
बुधबार, माघ ३०, २०८१
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक खरिदमा मन्त्रीको कुनै भूमिका नरहने प्रष्ट पारेको छ। स्वास्थ्य सेवा विभागबाट खरिद प्रक्रियामा रहेको स्वास्थ्य उपकरणमा मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई जोडेर केही अनलाइन मिडियामा अनावश्यक रुपमा जोडिएको जारी प्रेस विज्ञप्तिमा छ ।

माघ शुक्ल पूर्णिमा : आज स्वस्थानी व्रत कथाको समापन गरिँदै
बुधबार, माघ ३०, २०८१
माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो ।

सेवाग्राही विदेशिएपछि पन्ध्र हजार बढि परिचयपत्र थन्कियो
मंगलबार, माघ २९, २०८१
सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय परिचयपत्रको फारम भरेर अधिकांश व्यक्ति विदेशिएका कारण परिचयपत्र लिन नआएको कार्यालयका प्रशासन शाखा प्रमुख रामप्रसाद उपाध्यायले जानकारी दिए ।

प्रतिनिधिसभाबाट दुई विधेयक पारित
आइतबार, माघ २७, २०८१
प्रतिनिधिसभाबाट दुई विधेयक पारित भएका छन् । सभाको आजको बैठकले ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ सर्वसम्मति र ‘विधायन विधेयक, २०८१’ बहुमतले पारित गरेको हो ।

मनाङको डढेलो १० दिनसम्म पनि आएन नियन्त्रणमा
आइतबार, माघ २७, २०८१
जिल्लाको चामे गाउँपालिका–१ तिमाङ जङ्गलमा लागेको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेको छैन । यही माघ १८ गते बेलुकीदेखि लागेको डढेलो जटिल भूगोलका नियन्त्रण गर्न नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

खरखरेभिरको पहिरो रोकथामको ढिलाइले जोखिम कायमै
आइतबार, माघ २७, २०८१
बेँसीसहर–चामे सडकअन्तर्गत बेँसीसहर नगरपालिका–६ स्थित खरखरेभिर पहिरो रोकथाममा ढिलाइ भएको छ । करिब आठ महिनादेखि जारी पहिरो रोकथामको काम अझै सम्पन्न हुन सकेको छैन । यहाँ गत असारयता निर्माण कार्य ठप्प छ ।
साताको लोकप्रीय