Khabar Out
बाढीपहिरोबाट भीमादका एक सय ५० जना विस्थापित
बाढीपहिरोबाट भीमादका एक सय ५० जना विस्थापित भीमाद नगरपालिकाका विभिन्न वडाका एक सय ५० जना बाढीपहिरोबाट विस्थापित भएका छन् । भीमादका नगरप्रमुख दधिराज सुवेदीका अनुसार ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएका अधिकांश दलित समुदायका घर भत्किँदा उनीहरू विस्थापित भएका हुन् । 
शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा मानव अधिकार आयोगको जोड
शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा मानव अधिकार आयोगको जोड राष्ट्रिय मानव अधिकार आयोगले विश्वसनीय आयोग गठन गरी शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउन सरकारसँग अनुरोध गरेको छ ।  साथै आयोगले पीडितको सन्तुष्टिमा ध्यान केन्द्रित गर्न आग्रह गर्दै आफ्ना विगतका सिफारिस कार्यान्वयन गर्न तथा अन्तरराष्ट्रिय अभ्यास एवं मान्यताबमोजिम शान्ति प्रक्रिया टुङ्ग्याउन अनुरोध गरेको छ ।
काठमाडौँ महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
काठमाडौँ महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने काठमाडौँ उपत्यकाको १८ स्थानीय तहमा उत्पादित फोहर ‘ल्याण्डफिल साइट’ बञ्चरेडाँडा लैजाँदा उक्त स्थानमा प्रदूषण बढ्नुको साथै फोहरमैला सङ्कलन ढुवानीमा खर्च बढ्ने भएकाले वर्गीकृत फोहरमात्रै व्यवस्थापन गर्ने तयारी गरेको कामपा वातावरण व्यवस्थापन विभागले जनाएको छ । 
ऊर्जा मन्त्रालयले कार्यान्वयनमा ल्यायो ‘कन्टिन्जेन्सी रकम खर्च गर्नेसम्बन्धी कार्यविधि’
ऊर्जा मन्त्रालयले कार्यान्वयनमा ल्यायो ‘कन्टिन्जेन्सी रकम खर्च गर्नेसम्बन्धी कार्यविधि’ सरकारले निर्माण कार्यको अनुमगन, सुपरिवेक्षण, सञ्चालन तथा परामर्श सेवाका लागि आवश्यक पर्ने अस्थायी प्रकृतिको जनशक्ति व्यवस्थापनका लागि ‘कन्टिन्जेन्सी रकम खर्च गर्नेसम्बन्धी कार्यविधि, २०८१’ कार्यान्वयनमा ल्याएको छ ।  ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले मन्त्रिस्तरीय निर्णयमार्फत सो कार्यविधि कार्यान्वयनमा ल्याएका हुन्। सो कार्यविधि यही मङ्सिर २ गते मन्त्रालयले स्वीकृत गरेको...
स्थानीय तह उपनिर्वाचन : आइतबार बिहान १० देखि अपराह्न ५ बजेसम्म मनोनयन
स्थानीय तह उपनिर्वाचन : आइतबार बिहान १० देखि अपराह्न ५ बजेसम्म मनोनयन यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन पत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।
तिब्बतीयन शरणार्थीले ढोरपाटन छोड्दै गएपछि रित्तो बन्दै बस्ती
तिब्बतीयन शरणार्थीले ढोरपाटन छोड्दै गएपछि रित्तो बन्दै बस्ती ढोरपाटन उपत्यका नजिकै एउटा सानो बस्ती छ । बस्तीमा पुग्दा केही चिटिक्क सजिएका, केही जीर्ण बनेका घर देखिन्छन् । काठैकाठ र माटोढुङ्गाले बनेका बार्दलीसहितका अधिकांश घरमा ताला लगाइएको छ ।
बागलुङ–पूर्वी रुकुम सडक कालोपत्र नहुँदा समस्या
बागलुङ–पूर्वी रुकुम सडक कालोपत्र नहुँदा समस्या विसं २०७३ जेठमा उक्त सडक कालोपत्र गर्न सम्झौता भएको थियो । अहिलेसम्म ७० प्रतिशत मात्रै काम सकिएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय दैलेखका इन्जिनियर नवीन खरालले जानकारी दिए । विसं २०७६ जेठसम्म काम सम्पन्न गर्नुपर्ने थियो । 
प्लाष्टिक झोलामुक्त अभियान : तीन सय ९१ किलो प्लाष्टिक जफत
प्लाष्टिक झोलामुक्त अभियान : तीन सय ९१ किलो प्लाष्टिक जफत प्लाष्टिक झोलामुक्त क्षेत्र घोषणा गरेको व्यास नगरपालिकाले बुधबार बजार क्षेत्रका पसलबाट तीन सय ९१ किलो प्लाष्टिक झोला जफत गरेको छ । नगरपालिकाले बजार अनुगमनका क्रममा उक्त परिमाणका प्लाष्टिक झोला जफत गरेको हो ।
Weather Update