चितवन । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सबै राजनीतिक दलसँगको समझदारीमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वर्तमान सरकार गठनका बेला भएको सहमतिअनुसार संविधान संशोधन हुनुपर्ने बताए ।
उनले भने, “नेपाली कांग्रेस र नेकपा (एमाले) ले मात्रै संविधान संशोधन गरेर हुँदैन ।” फरक प्रसङ्गमा उनले वर्तमान सरकार परिवर्तन नहुने बताए । सुशासन कायम गर्न सबैको सक्रिय सहयोग अपरिहार्य भएकामा नेता कोइरालाले जोड दिए । वीआरआईसम्बन्धी चीन र नेपालबीचको सम्झौता ऋण नभई अनुदान हुने बताए । रासस
प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१ १५:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय