तीन करोड लागतमा सभाहल निर्माण सम्पन्न , सात सय दर्शक अट्ने

तनहुँ । म्याग्दे गाउँपालिका–३ बेल्टारस्थित ठूलो बगैचामा गाउँपालिकाको रु तीन करोड लगानीमा सात सय दर्शक क्षमताको सभाहल निर्माण भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार सभाहल निर्माणका लागि स्थानीय सरस्वती घिमिरेले आधा रोपनी जग्गा निःशुल्क प्रदान गरेका हुन् ।
सभाहलको आज औपचारिक उद्घाटन हुँदैछ । अब गाउँपालिकाले कार्यक्रम गर्न अन्यत्र पेक्षालयको व्यवस्था गर्नुपर्ने छैन । साथै अन्य सङ्घसंस्थालाई पनि कार्यक्रम गर्न सहज हुने विश्वास लिइएको छ । रासस
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१ १०:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय