जाजरकोटको कुशे–७ को वडाध्यक्षमा कांग्रेसका सिंह निर्वाचित

काठमाडौं । जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्षमा नेपाली कांग्रेसका खम्ब बहादुर सिंह निर्वाचित भएका छन् ।
विजयी खम्बबहादुर सिंहले ३४७ मत ल्याउदा उनका निकटम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका गोरखबहादुर नेपालीले ३३२ मत प्राप्त गरे । १५ मतको अन्तरले कांग्रेसका खम्ब बहादुर सिंह निर्वाचित भएका हुन ।
निर्वाचन आयोगका अनुसार तेस्रो स्थानमा रहेका नेकपा एमालेका डम्बर बादुर घर्तीले २५२ मत ल्याउँदा राप्रपाका उम्मेदवारले ८ मत प्राप्त गरे ।
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१ ०९:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय