काठमाडौं । सर्वहारा वर्गको आर्थिक अवस्था उकास्ने उद्देश्य अनुरुप खोलिएका सहकारी संस्थाहरुले बचतकर्ताको अर्बौ रकम अपचलन गर्दा लाखौं वचतकर्ताको विल्लीबाठ हुन पुगेको छ । १२ वर्ष अघि २०६९ साल मै सुधिर बस्नेतद्धारा सञ्चालित ओरेण्टल को–अपरेटिभले १२ हजार ९ सय जना भन्दा बढि सर्वसाधारण जनताको ७ अर्ब अपचन गरेको थियो । सो बेलामा गौरी बहादुर कार्कीको अध्यक्षतामा समस्याग्रस्त सहकारी जाँचबुझ आयोगसमेत गठन भएको थियो । सो आयोगले सुझाब सहितको प्रतिवेदन दिदा पनि सरकारले कार्यान्वयन नगर्दा आज सहकारी समस्या अत्यन्त विकराल बन्दै गएको छ । सहकारी ठगीले उग्ररुप लिदा बजारमा आर्थिक गतिविधिमसेत अस्तव्यस्त बन्न पुगेको छ ।
एकै व्यक्तिले देशभर सञ्जाल बनाएर आधादर्जन भन्दा बढि सहकारी संस्था सञ्चालन गरी सहकारी ठगी धन्दा सञ्चालन गर्दासमेत राज्यका निकायको ध्यान नजादा लाखौं बचतकर्ताहरु ठगीन पुगेका छन । सहकारी संस्थालाई ठगी खाने माध्य बनाउदै गर्दा सरकारी मातहतका सहकारी हेर्ने निकाय सहकारी विभाग लगायत प्रदेश तथा स्थानिय निकाय मुखदर्शक बन्दा सहकारी समस्या जटिल अवस्थामा आईपुगेको छ । देशभर गरेर ८७ अर्ब भन्दा धेरै बचतकर्ता रकम अपचलन हुन पुगेको बताएको छ ।
पछिल्लोसमयमा सहकारी ठगीमा सांसद, पूर्वमन्त्री लगायतकै संलग्नता देखिनुले पनि सहकारी समस्या थप पेचिलो बन्दै गएको छ । त्यसैगरी सुर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राई फरार रहेका छन भने पूर्वमन्त्री रवि लामिछाने र पूर्व डिआईजी छविराज जोशीलाई प्रहरी पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सुर्यदर्शन सहकारीबाट करिव ६५ करोड गोर्खा मिडियामा ल्याई अपचल गरेको अभियोगमा रवि लामिछाने लगायत जीवि राई र छविराज जोशीलाई सुर्य थापा संयोजक रहेको सहकारी संसदीय छानविन समितिले कारवाहीका लागि सिफारिस गरेको थियो ।
कुन सहकारीले कति ठगे ?
घर जग्गा उपहारदेखि हवाईजहाज, कृषिफार्म, डिपार्टमेन्ट स्टोर, हाउजिङ लगायत देखाएर बचतकर्ताहरुलाई आश्वस्त बनाई अर्बौ रकम संकलन गरी सञ्चालकहरुले व्यक्तिगत कम्पनीमा लगानी गरी बचतकर्ताहरुलाई सडक छाप बनाउने तल उल्लेखित सहकारी संस्थाहरु यस प्रकार रहेका छन । कान्तिपुर बचत तथा ऋण सहकारी संस्था ८ अर्ब , पुशपति सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ १ अर्ब ११ करोड ४८ लाख, गोरखा सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड ४ अर्ब १२ करोड १० लाख, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था २ अर्ब ९७ करोड ८९ लाख , नेपाल वित्तीय सहकारी संस्था ४० करोड ३९ लाख, श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था ६ अर्ब ३४ करोड ६९ लाख शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था ९ अर्ब ५८ करोड ७५ लाख, सहारा चितवन बचत तथा ऋण सहकारी संस्था ५० करोड ४६ लाख , समानता बचत तथा ऋण सहकारी संस्था १७ करोड १५ लाख , सुप्रिम बचत तथा ऋण सहकरी संस्था १ अर्ब ३ करोड ५९ लाख, सूर्यदर्शन बचत तथा ऋण सहकारी पोखरा १ अर्ब ३५ करोड ५० लाख , सानो पाइला बचत तथा ऋण सहकारी संस्था १ अर्ब ४५ करोड, आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था ६ अर्ब २५ करोड ८५ लाख, स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था २ अर्ब ६५ करोड ८९ लाख , इमेज बचत तथा ऋण सहकारी ४० करोड २० लाख , तुलसी बहुमुखी सहकारी १ अर्ब ४३ करोड ५४ लाख, प्राइम बहुउद्देश्यीय सहकारी संस्था १ अर्ब १८ करोड , लुनिभा बहुउद्देश्यीय सहकारी संस्था १७ करोड २५ लाख , सुमेरु बचत तथा ऋण सहकारी ७ अर्ब २४ करोड, जेस्ट बचत तथा ऋण सहकारी २ अर्ब ३ करोड , छिपछिपे उपभोक्ता सहकारी १० करोड २२ लाख बचत, सोसाइटल सेभिङ एन्ड क्रेडिट १० करोड ८७ लाख, हाम्रो नयाँ कृषि सहकारी संस्था ७ करोड ७८ लाख अपचल गरेको छ । यी सहकारीलाई समस्याग्रस्त घोषणा गरी कारवाही प्रक्रिया अगाडी बढाएको छ ।