Khabar Out
व्यवसाय बन्दै घर भाडा, विजुली बत्ति र फोहोरमा पनि व्यापार गर्दै घरधनी 

काठमाडौं । पछिल्लोसमयमा सबै भन्दा राम्रो व्यवसाय घर भाडा बन्न पुगेको छ । हाल व्यक्तिगत प्रयोजनका लागि भन्दा पनि व्यवसायीक प्रयोजनका घरहरु धमाधम बनिरहेका छन । घर भाडा कै आयस्रोत देखाएर बैंकबाट कर्जा लिई घर बनाउने समेत धेरै रहेका छन । यसले पनि के जनाउछ भने घर भाडा व्यवसायिक रुपमा फस्टाउदै गएको बुझिन्छ । कतिपय घर धनीका राजधानी लगायत देशका मुख्य शहरहरुमा घरहरु रहेका छन । विशुद्ध भाडा खाने उद्देश्यले बनाएका घरहरुको घर भाडा कर भने भाडामा बस्ने स्वयंमले बुझाउने गरेको पाइन्छ । त्यसैगरी घर भाडालाई व्यवसाय बनाउदै आएका काठमाडौं राजधानीका कतिपय घरधनीहरुले घरभाडाका अलवा विजुली वत्ति र फोहोरलाई समेत व्यवसाय बनाउदै आएका छन । कोठाको भाडा मनलागी लिदै आएका घरधनीहरुले भाडामा बस्नेले बालेको वत्ति र फोहोरको पनि चर्को शुल्क लिने गरेका छन । कतिपय घरधनीले भाडामा बस्नेसँग विद्युत प्राधिकरणले लिने भन्दा दोब्बर वत्तिको पैसा लिने गरेका छन ।  

वत्ति, पानी र फोहोर लगायतमा चर्को रकम असुल्ने गरेको छ । प्राधिकरणले बढिमा प्रति युनिट रु ९ रुपैयाँ ६० पैसा लिने गरिएता पनि घरधनीले भाडामा बस्नेहरुसँग प्रति युनिट रु १५÷२० रुपैयाँ भन्दा बढि उठाउने गरेका छन  । त्यसैगरी फोहोर र पानीको पनि चर्को रकम असुल्ने गरेको पाइन्छ । घर भाडा व्यवसायका रुपमा फस्टाउदै गए पनि सम्वन्धीत निकाय यस तर्फ मौन रहदाँ निकै ठुलो मात्रमा राज्यलाई नोक्सान भइरहेको छ । यस्ता व्यवसायीक प्रयोजनका घरहरुलाई करको दायरामा नल्याउदा घरभाडा व्यवसाय गर्नेको जमात बढ्दै गएको छ । अर्को तर्फ दोहोरो घरभाडा सम्झौंता गर्ने घरधनीहरुलाई कारवाहीको दायरामा नल्याउदाँ पनि घरधनीहरुको मनोमानी बढ्दै गएको छ । 

बढ्दो घर धनीका अत्याचार

घर धनीले भन्ने वित्तिकै घर भाडा नदिए धाराको पानी बन्द गर्ने मात्र गाली बेइज्जत समेत गर्ने गरेका छन । त्यतिमा नभई बिजुली वत्तिको दोब्बर शुल्क र फोहोरमा पनि प्रति कोठा १५० र फ्लाईटको ४ सयसम्म लिने गरेको पाइन्छ । जब कि फोहोर उठाउनेले प्रति महिना एउटा घर बरावर ४ सय पचास लिने गरेको छ । यसरी घर भाडा ढिला हुदा पानी बन्द गर्नेदेखि बिजुली वत्तिको प्रति युनिट रु १५ रुपैयाँका दरले दिने धुम्वाराही स्थित एक घरकी घरधनी देवमाया अधिकारी मात्र नभई काठमाडौंमा भाडामा बस्ने धेरैले भोग्नु पर्ने पिडा बनेको छ । सर्वप्रथम अग्रिम भाडा लिने र नभए महिना मरेको एक दिन वित्न नपाउदै कोठामा भाडा लिन आउने घर धनी अत्यधिक रहेको पाइन्छ । नागरिकलाई राज्यले शोषण गरे झै घर धनीले भाडामा बस्नेसँग आर्थिक शोषण गर्ने गरेका छन । 


 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update