Khabar Out
शताब्दी पुरानो झोलुङ्गे पुल मर्मतसम्भार

म्याग्दी । विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधन प्रयोग गरेर मङ्गलाघाटमा  बनाइएको झोलुङ्गे पुल मर्मतसम्भार भएको छ । मर्मतसम्भार गरेपछि पुल नयाँजस्तै देखिएको छ । 

 

प्रादेशिक झोलुङ्गे पुल कार्यक्रमको सहयोग, मिलन म्याग्दीको सामाजिक परिचालनमा बेनी नगरपालिकाले पुल ममत गरेको हो । 

एक सय ३७ वर्षअघि बागलुङको गलकोटका लालप्रसाद शेरचनले लुकुर वनको काँचो फलाम र म्याग्दीको रुमगाउँका स्थानीयको सीप प्रयोग गरी उक्त पुल बनाइएको स्थानीय बुढापाकाको कथन छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १५:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update