Khabar Out
स्वर्गिय वरिष्ट साहित्कार तथा शिक्षाविद् राजवंशीको चौथो स्मृति दिवस सम्पन्न

काठमाडौं ।  वरिष्ट साहित्कार तथा शिक्षाविद् स्व.लक्ष्मण राजवंशीको चौथो स्मृति दिवसको एक श्रद्धाञ्जली सभाको कार्यक्रम गरी सम्पन्न भएको छ । 

नेपाल भाषा, नेपाली भाषा र अङ्ग्रेजी भाषामा गरी तीन दर्जन भन्दाबढि पुस्तक लेख्नु भएका संविधानसभा सदस्य तथा शिक्षा क्षेत्रको उदाहरणीय व्यक्तित्व स्व. लक्ष्मण राजवंशीको लोकतन्त्र दिवसकै दिन २०७८ बैशाख ११ गते ८६ वर्षको उमेरमा निधन भएको थियो । सामान्य परिवारमा जन्मनु भएका साहित्यकार राजवंशीले लोकतन्त्रका लागि निकै ठुलो योगदान पु¥याउनु भएको थियो ।

१९९२ सालमा काठमाडौको वटुमा जन्मनुभएका राजवंशीको ०७८ बैशाख ११ गते लोकतन्त्र दिवसको दिन नर्भिक हस्पिटलमा निधन भएको थियो । ०७० संविधान सभाको सभासद समेत रहनु भएका स्वं राजवंशी सिद्धार्थ बनस्थली संस्थापक प्राचार्य हुनुहुन्थ्यो ।  स्व.राजवंशीका साहित्य कृति र व्यावहारिक अर्थात जीवनोपयोगी शिक्षासँगै राजनीति चेतना अझै ताजै रहेको छ । 

बालाजु बनस्थली स्थित सिद्धार्थ वनस्थली इन्स्टिच्युटको प्रांगणमा पूर्व विद्यार्थी तथा सिद्धार्थ वनस्थली इन्स्टिच्युटका व्यवस्थापन समितिका अध्यक्ष डा.सर्वोत्तम श्रेष्ठको प्रमुख आतिथ्योमा सम्पन्न भएको श्रद्धाञ्जली सभामा स्व.राजवंशीका अत्यन्त हितैशी मित्र प्रा.डा.नारायणहरि जोशीलाई नगद २५ हजारसहित विशेष सम्मान गरिएको थियो ।     

श्रद्धाजञ्ली सभामा परिवाजन, विद्यालयका शिक्षक, कर्मचारी ,विद्यार्थी, पत्रकार,साहित्यकार लगायतको उपस्थिति रहेको थियो । सभामा स्व.राजवंशीका छोरा प्राचार्य रुपक राजवंशीले पिताले गरेका कार्यको सम्झना गर्दै उहाँका बाँकी सपना पुरागर्ने बताउनु भयो । आफूमात्र नभई सबैलाई अध्ययन अनुशन्धान गर्न प्रेरित गर्नुहुन्थ्यो स्व.पितालाई सम्झदै प्राचार्य रुपक राजवंशीले भन्नुभयो ।  

त्यसैगरी कार्यक्रका प्रमुख अथिति डा.सर्वोत्तम श्रेष्ठले स्व.लक्ष्मण राजवंशीको योगदानको बारेमा व्याख्या गरेर कहिले नसकिने बताउनु भयो । हामीमाझ नरहेतापनि उहाँले स्थापना गर्नुभएको सिद्धार्थ वनस्थली इन्स्टिच्युट र साहित्यलाई अझ बृहतसगै सशक्त बनाउनु पर्ने वताउनु भयो । त्यसैगरी हरेक वर्ष स्व.लक्ष्मण राजवंशीको स्मृति दिवसमा उत्कृष्ट विद्यार्थी, शिक्षक र राष्ट्रलाई योगदान पु¥याउने विशिष्ट व्यक्तित्वलाई सम्मान गर्दै जाने बताउनु भयो ।

त्यसैगरी श्रद्धाञ्जली सभा स्व.लक्ष्मण राजवंशी प्रति समर्पित पूर्व विद्यार्थी डा.अस्मिता पौड्याल कोइरालाद्धारा लिखित ' जव देवी दुर्गा बन्छन' नामक कवितासङ्ग्रहको पनि लोर्कापन गरिएको थियो । 
              
टुडे मिडियाको सल्लाहकार रहनु भएका स्वं लक्ष्मण राजवंशी एक कुशल शिक्षकमात्र नभई साहित्यकार र त्यागी राजनीतिज्ञ हुनुहुन्थ्यो । आफ्नो अडानमा कहिले पनि पछि नहट्ने राजवंशीलाई राजादेखि गणतान्त्रिक सरकारमा कयौं पटक शिक्षा मन्त्रीको अफर गरेपनि स्वीकार गर्नु भएन । शिक्षा सैद्धान्तिक भन्दापनि व्यवहारिक हुनु पर्नेमा जोड्दिनु हुने स्व।लक्ष्मण राजवंशीको आत्मले चिर शान्ति पाओस् सबैको कामना 
     

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update