कवितामा ज्ञानेन्द्र शाही लेख्छन : वाह ! गणतन्त्र तिमी कति महान भयौ

वाह ! गणतन्त्र तिमी कति महान भयौ
लुटको साम्राज्य खडा गर्ने तन्त्र भयौ।
सपना देख्यौं समानता र न्यायको हामीले,
तर तिमी त भ्रष्टहरूको उर्वर भूमि भयौ।
तिम्रो आडमा फस्टायो बेइमानीको खेती,
जनताको पसिना लुट्ने बन्यो रीति।।
कसले भन्यो यो जनताको शासन हो?
यो त केही मुट्ठीभर भ्रष्टको काशन हो ।
सम्पत्तिको थुप्रो बढ्दै छ भ्रष्टको एकातिर,।
भोका नाङ्गाको चित्कार सुनिन्छ अर्कोतिर।
न्याय र कानूनका पानाहरू धुजाधुजा भए,।
शक्तिको आडमा भ्रष्टहरु जय- जयकार भए।।
प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२ १९:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय