Khabar Out
उपत्यकाका  १३ स्थानमा नयाँ वितरण सञ्जालबाट पानी आपूर्तिको प्रबन्ध गरिदै

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले  उपत्यकाका विभिन्न १३ स्थानमा रहेका पोखरी व्यवस्थापन गर्दै नयाँ वितरण सञ्जालबाट पानी आपूर्तिको प्रबन्ध गरेको छ ।

मेलम्चीको पानी समानुपातिक रुपमा वितरण गर्न नयाँ व्यवस्था भएको मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख टीकाबहादुर चौधरीले जानकारी दिए । सबै पोखरीको धमिलोपना र क्लोरिन परीक्षण तथा गुणस्तर मापनको व्यवस्था मिलाइएको छ । 

यसैबीच, केयुकेएलले परीक्षणका रुपमा चःमती र अनामनगर क्षेत्रमा जडान गरिएका धारामा स्वचालित विद्युतीय मिटर जडान गरिएको जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update