Khabar Out
नेपाल प्रहरीकाे महानिरीक्षकमा दीपक थापा नियुक्त

काठमाडौ। सरकारले नेपाल प्रहरीकाे ३१ औ महानिरीक्षक पदमा नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक दीपक थापालाई नियुक्त गरेको छ । भर्खरै सकिएको मन्त्री परिषदकाे बैठकले उक्त पदमा तीन जना एआईजीहरुमध्येबाट थापालाई छनौट गर्ने निर्णय गरेको छ ।

वरिष्ठता, कार्यकुशलता र कार्यक्षमतालाई मूल्याङ्कन गर्दै सरकारले एआईजी थापालाई प्रहरी संगठनको जिम्मेवारी दिएको बताइन्छ । एआईजी सुदिप गिरी र टेकबहादुर तामाङ महानिरीक्षकका लागि प्रतिस्पर्धी थिए ।

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update