लागुपदार्थ दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ : मुख्यमन्त्री कार्की

इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागुपदार्थ दुर्व्यसनीविरुद्ध तीनैै तहका सरकारले समन्वयात्मक काम गर्नुपर्ने बताएका छन् । कोशी प्रदेश प्रहरीद्वारा आज यहाँ आयोजित ‘अबको युद्ध दुर्व्यसनविरुद्ध’ कार्यक्रमको शुभारम्भ गर्दै उनले तीनै तहका सरकारले समयमै सचेतनाका कार्यक्रम अघि बढाउनुपर्ने बताए ।
मुख्यमन्त्री कार्कीले भने, ‘तीनै तहका सहकार मिलेर सचेतनाका अभियानलाई समुदायस्तरसम्म सञ्चालन गर्न जरुरी छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा दुर्व्यसनविरुद्धका सचेतना कार्यक्रमका लागि बजेट बिनियोजन गर्ने छ ।’ रासस
प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१ १६:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय