Khabar Out
साँढे दुई महिनादेखि नक्सालको फुटपाथ अलपत्र

काठमाडौं । चर्को विवादको विच दरबारमार्गको फुटपाथमा ग्रेनाइट विछ्याएर रातारात निर्माण गरेको काठमाडौ महानगरले नक्साल टेलिकम अगाडीको फुटपाथ भने विगत साँढे दुई महिनादेखि भत्काएर अलपत्र अवस्थामा छाडेको पाएको छ ।

अत्यन्त सवंदेनशिल मानिने फुटपाथ भत्काएर अलपत्र पारेसगै पैदलयात्रु सडकमै हिड्न बाध्य हुनु परेको छ । राजधानीको मुटु त्यसमा पनि प्रहरी प्रधानकार्यालय समेत रहेको सो क्षेत्रमा फुटपाथ भत्काएको महिनौ वित्दासमेत महानगरको ध्यान जान सकेको छैन । त्यसै गरी विशालनगर चोकदेखि चण्डोलसम्मको फुटपाथ पनि भत्काएको तीन भइसकेको स्थानियहरुले बताएका छन ।  

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update