Khabar Out
ताप्लेजुङ फुङ्लिङ बजारमा सद्भाव र्‍याली

ताप्लेजुङ । ताप्लेजुङको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायबाट शनिबार (फागुन २४) सदरमुकाम फुङ्लिङ बजारमा सद्भाव र्‍याली आयोजना गरिएको छ । शान्ति र समृद्धिको सन्देश फैलाउने उद्देश्यले निकालिएको उक्त र्‍यालीमा शेर्पा समुदायका सदस्य मौलिक पोसाकमा सजिएर सहभागी भएका थिए ।

र्‍याली वीरेन्द्र चोकबाट सुरु भई तोक्मेडाँडास्थित गुम्बाको परिक्रमा गरिएको थियो । गुम्बा परिक्रमा शेर्पा समुदायको धार्मिक आस्थासँग गाँसिएको महत्त्वपूर्ण परम्परा हो । त्यसले शान्ति, सद्भाव र सकारात्मक ऊर्जाको प्रवद्र्र्धन गर्ने विश्वास गरिन्छ ।

उक्त र्‍याली हिमालयन शेर्पा सांस्कृतिक केन्द्र ताप्लेजुङ र शेर्पा सञ्चार समूह नेपाल जिल्ला शाखाको संयुक्त आयोजनामा गरिएको हो । आयोजक संस्थाहरूले बौद्धमार्गीको राष्ट्रिय पर्व २१५२औँ शिङ मो डुल लो ग्याल्पो ल्होसारका अवसरमा शनिबार विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छन् ।

ग्याल्पो ल्होसार पर्व शेर्पा समुदायका निम्ति विशेष महत्त्व राख्ने चाड हो । यस अवसरमा परम्परागत नृत्य, मौलिक गीत–संगीत तथा सांस्कृतिक झाँकी प्रस्तुत गरिन्छ । रासस

प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update