काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले १५ औं महाधिवेशन एक वर्ष पर सार्लान् कि समयमै सम्पन्न गर्लान् ? यो चासोको विषय बनेको छ । के उनी विधान संशोधन गरेर फेरि सभापति बन्लान् ? या, इमानदारीपूर्वक निर्धारित समयभित्र महाधिवेशन सम्पन्न गराएर अर्को पुस्तालाई नेतृत्व हस्तान्तरण गर्लान् ?
नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताबिच यस्ता प्रश्न उठिरहेका रहेका छन्। अर्को कुरा, आउँदो महाधिवेशनमा सभापति देउवाले कसलाई साथ लिएर हिंड्दै छन् भन्ने कुराले महत्त्व राख्नेछ । उनी आफू इच्छुक नभए पनि पत्नी आरजु राणालाई पार्टीभित्रको व्यवस्थापनलाई मध्यनजर गरेर अर्को पक्षसँग सहकार्य गर्नेछन्। अहिले उनको कसैप्रति स्पष्ट समर्थन नदेखिए पनि वरिष्ठ नेता डा. शेखर कोइराला वा पार्टी महामन्त्री गगन थापामध्ये एक जनालाई साथमा लिएर जाने देखिन्छ।
अझ स्पष्ट भाषामा भन्नुपर्दा १४ औं महाधिवेशनका आफ्ना प्रतिस्प्रर्धी डा. शेखर कोइरालालाई साथमा लिएर जानेमा उनी विश्वस्त देखिन्छन् । किनभने, शेखर कोइरालाको नेतृत्वमा उनलाई पत्नी आरजु राणा लगायत आफ्ना टिमका सिनियर नेता अटाउन सजिलो हुनेछ । देउवाले गगन थापालाई साथमा लिएर गए भने पत्नी आरजु राणाको त व्यवस्थापन होला, तर उनीसँग रहेका सिनियर नेताहरूको व्यवस्थापन भने निकै कठिन हुनेछ ।
देउवा टिमका सिनियर नेताहरू शेखर समूहमा आउने र देउवा एक्लिने सम्भावना उत्तिकै छ । देउवालाई जान्ने- बुक्नेहरू भन्छन्, सभापतिका लागि पार्टीमा जति धेरै दाबेदार भए, देउवालाई उति फाइदा हुन्छ । किनकि ती हरेक समाचार दाबेदारलाई खेलाइखेलाई उनले राजनीतिमा आफ्नो आगामी स्वार्थ स्थापित गर्न सक्नेछन्। नेपाली कांग्रेसको १५औं महाधिवेशनमा देउवा पुनः पार्टी सभापतिका लागि उम्मेदवार बन्न नपाउने विधानमा व्यवस्था छ । विधान अनुसार लगातार दुई कार्यकालभन्दा बढी सभापति बन्न पाइँदैन । ७८ वर्षीया देउवाको कार्यकाल २०८२ मंसिरसम्म मात्र हो ।
देउवालाई जान्ने- बुझनेहरू भन्छन्, सभापतिका लागि पार्टीमा जति धेरै दाबेदार भए, देउवालाई उति फाइदा हुन्छ। किनकि ती हरेक दाबेदारलाई खेलाइखेलाई उनले राजनीतिमा आफ्नो आगामी स्वार्थ स्थापित गर्न सक्नेछन् । ओलीले धोकाधडी गरेनन् भने सर्तबमोजिम चुनाव गराउने सरकारमा देउवा प्रधानमन्त्री भइहाल्नेछन् । पार्टीभित्र पनि अब यो मामिलामा कुनै विवाद देखिंदैन ।सभापति नहुने भएपछि राजनीतिमा अब देउवाको चाहना या स्वार्थ के होला त ? यसको एउटै जवाफ हुन्छ- पार्टी र सत्ता राजनीतिमा पत्नी आरजु राणाको उचित व्यवस्थापन । विश्लेषण खेलाडी देउवा !
सभापति देउवा झट्ट हेर्दा चतुर राजनीतिज्ञजस्ता देखिदैनन् । उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल या एमाले अध्यक्ष केपी ओलीजस्ता भाषणबाज पनि होइनन्। हरेक दिनजसो टेलिभिजन या युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै हिंड्ने र सत्ताका चतुर विरोधीमाथि आरोप वा प्रत्यारोप गर्ने खालका ‘मुखाले’ नेता पनि होइनन् । सामान्य, सोझा र सरलजस्ता देखिने देउवा राजनीतिक चातुर्य र कूटनीतिमा भने माहिर छन् । प्रतिकूल परिस्थितिलाई पनि आफ्नो अनकूल बनाउन सक्ने अद्भुत कला उनीमा देखिन्छ र त उनी बारम्बार सत्ता राजनीतिमा हाबी हुँदै आएका छन् ।
१४ औं महाधिवेशनमा कृष्ण सिटौलालाई आफ्नो पक्षमा ल्याए । आफ्नैविरुद्ध खडा भएका रामचन्द्र पौडेल र डा. शशांक कोइरालाको समेत समर्थ हासिल गरे । आफूलाई चुनौती दिने इतरसमूह का प्रकाशमान सिंह देखि विमलेन्द्र निधिसम्मलाई उनले आफ्नै पक्षमा ल्याए। पार्टी सभापति भएपछि देउवाले इतरपक्षलाई या सन्तुलनमा ल्याउने या यसका नेतालाई ‘मिल्न नदिने’ चातुर्य देखाउँदै आएका छन् । देउवाले आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार नबन्ने सार्वजनिक रूपमा घोषणा गरेयता देउवा- र डा. शेखर कोइरालाको दूरी घटेको छ । सभापतिका प्रबल दाबेदार शेखर पनि देउवाको साथ र समर्थनको अपेक्षा गरिरहेका छन् ।
सभापति देउवाले पनि शेखरप्रति उदार भाव दशाईरहेका छन् भन्ने उदाहरण हो, कोइराला समूहबाट धनराज गुरुङलाई कानुनमन्त्री र डिकबहादुर लिम्बुलाई खेलकुदमन्त्री बनाइनु। यही निकटताका कारण देउवा र र शेखर सार्वजनिक समारोहमा एक साथ सहभागी हुन थालेका छन्, जुन केही समय अघिसम्म असम्भव मानिन्थ्यो। पार्टी केन्द्रीय कार्यालयमा शेखरको बेग्लै कार्यकक्षको व्यवस्था मिलाइएको छ । देउवा र शेखरबिच केही समययता खासै तिक्तता देखिदैन । सभापति नहुने भएपछि राजनीतिमा अब देउवाको चाहना या स्वार्थ के होला त ? यसको एउटै जवाफ हुन्छ-पार्टी र सत्ता राजनीतिमा पत्नी आरजु राणाको उचित व्यवस्थापन ।
शेखरसँग देउवाको यस्तो निकटताको सोझो असर महामन्त्री गगन थापालाई पर्ने नै भयो । शेखरको सहयोगमा आफू सभापति बन्ने ताकमा रहेका महामन्त्री थापाले देउवा-शेखर निकटतापछि नै आक्रोशका स्वर उराल्न थालेको देखिन्छ, राष्ट्रवाणी साप्ताहिकमा उल्लेख छ । संसददेखि सार्वजनिक समारोहमा महामन्त्री थापाले कांग्रेस-एमाले गठबन्धनको सरकार र आफ्नै नेतृत्वविरुद्ध कटाक्ष गर्न थाले । उनी आक्रामक देखिए । आफूविरुद्ध आक्रामक भएका महामन्त्री थापालाई थुमथुम्याउन अचेल सभापति देउवाको निकै जोडबल देखिन्छ ।