Khabar Out
मकवानपुरमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–६, सल्लाघारीनजिक मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ६१ वर्षीय कमलबहादुर बोहराको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका वृद्धको उपचारका क्रममा बिहीबार (फागुन १५) बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रामनगरबाट हात्तीलेटतर्फ जाँदै गरेको ना५४प १८७६ नम्बरको मोटरसाइकलले बुधबार साँझ पैदलयात्री बोहरालाई ठक्कर दिएको थियो । हेटौँडा अस्पतालमा उनको प्रारम्भिक उपचार गरिएको थियो । त्यसपछि थप उपचारका निम्ति उनलाई चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा लगिएको थियो ।

दुर्घटनापछि मोटरसाइकल चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय चौघडाले जनाएको छ । रासस

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update