भद्रपुर झापा गोल्डकपः झापा-११ र भुटानको डागा युनाइटेड भिड्दै

झापा । दोस्रो संस्करणको भद्रपुर झापा गोल्ड कपको दोस्रो सेमिफाइनलमा झापा–११ र भुटानको डागा युनाइटेड फुटबल क्लबबीच मेची रंगशालामा आज अपराह्न हुँदैछ
प्रतियोगितामा झापा-११ ले चर्च ब्बाइज युनाइटेडलाई पराजित गर्दै सेमिफाइनल स्थान सुरक्षित गरेको हो । यसैगरी, विदेशी टोली डागा युनाइटेडले विभागीय टोली एपिएफलाई हराउँदै झापा-११ सँगको भेट पक्का गरेको हो । यो खेलको विजेता टोलीले आयोजक भद्रपुर ब्लेजर्ससँग फाइनल खेल खेल्नेछ । गोल्ड कपमा नेपालीसहित भारत, भुटान र बंगलादेशका १० टिमको सहभागिता छ ।
प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१ ०९:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय