Khabar Out
सिरहामा सवारी दुर्घटना, दुई जनाको मृत्यु

सिरहा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मिर्चैया र धनगढीमाइमा आज भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मिर्चैया नगरपालिका–७ मा रहेकोे ट्रकमा ‘पिकअप भ्यान’ ठोक्किँदा त्यसका सहचालक सिन्धुलीको दुधौली नगरपालिका-१४ का २७ वर्षीय मिलन सुनारको घट्नास्थलमा मृत्यु भएको हो ।

पिकअप भ्यानका  चालक दुधौली नगरपालिका—१४ का सागर सुनार अवस्था गम्भीर छ ।  यसैगरी, धनगढीमाइ नगरपालिका–१० कसहाबाट लहानतर्फ गइको टिपरले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालक मिर्चैया नगरपालिका–५ का ५७ वर्षीय अजबलाल साहको मृत्यु भएको छ । रासस

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update