नानीमैयाँ दाहालको निधन

काठमाडौँ । निर्दलीय पंचायतकालीन राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको ९२ वर्षको उमेरमा निधन भएको छ । निमोनियाँ रोगले पीडित नानीमैयाँको सोमबार दीर्घायु अस्पताल काठमाडौँमा निधन भएको गोकर्णेश्वर नगरपालिका–६ का पूर्वअध्यक्ष रमेश अर्यालले जानकारी दिए ।
२०३८ सालमा पञ्चायतकालका नानीमैयाँ राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएकी थिइन् । सानैदेखि विद्रोही स्वभावकी नानीमैयाँ २०२९ सालमा तात्कालीन जोरपाटी गाउँ पन्चायतको उपप्रधानपञ्च निर्वाचित भएकी थिइन् ।
नानीमैयाँको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, माघ २८, २०८१ २१:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय