Khabar Out
दाउरा काट्दा रुखको हाँगाले लागेर एक जनाको मृत्यु

तनहुँ । जिल्लाको व्यास नगरपालिका–१० स्थित नयाँगाउँ निवासी ५१ वर्षीय हीराबहादुर थापाको रुखको हाँगा लागेर मृत्यु भएको छ । घर नजिकै दाउरा काट्ने क्रममा रुखको हाँगाले लागेर घाइते भएका थापाको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा आज उपचारका क्रममा मृत्यु भएको हो । 

मृतकको शव आफन्तजनलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । उक्त घटनाका विषयमा थप अनुसन्धान भइरहेको उनले बताउनुभयो ।   

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  २१:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update