Khabar Out
सय दिनमा चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’

काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ आजबाट प्रदर्शनको सय दिनमा प्रवेश गरेको छ । कात्तिक १५ गते रिलिज भएको चलचित्र आजबाट प्रदर्शनको एक सय दिनमा प्रवेश गरेको हो । 

‘पूर्ण बहादुरको सारङ्गी’ सबैभन्दा धेरै हलमा एक सय दिन प्रदर्शन हुने चलचित्र बनेको छ । निर्माता विनोद पौडेलले सबैभन्दा धेरै हलमा एक सय दिन प्रदर्शन भएर ‘पूर्ण बहादुरको सारङ्गी’ले नयाँ रेकर्ड बनाएको छ ।

काठमाडौंको सामाखुसी, रञ्जना, राइजिङ महल, बनेपा, बुटवल र धरानको हलमा एक सय दिन मनाएको हो ।  

यसैबीच, प्रदर्शनको सय दिन पुगेको अवसरमा निर्माणपक्षले  दर्शकलाई एक सय रुपैयाँमा टिकट उपलब्ध गराएको निर्माता पौडेलले जानकारी दिए । 

एक करोड ३० लाखमा बनेको चलचित्र पूर्ण बहादुरको सारङ्गीले नेपालभित्र र बाहिर गरेर ७५ करोडको हाराहारीमा कलेक्सन गरेको छ । चलचित्र नेपालमा हालसम्म सबैभन्दा धेरै कमाउने चलचित्र समेत बनेको छ । 

सरोज पौडेलको निर्देशन बनेको चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन् । 

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  २२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update