
काठमाडौं । काठमाडौं महानगर विरुद्ध कवाड व्यवसायी समाज नेपालले घोर भर्सनासगै कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
महानगरपालिकाले यहि माघ २२ गते सर्लाही जिल्ला घर भई हाल काठमाडौं महानगर पालिकाको अनामनगर क्षेत्रमा कवाड संकलन गर्दै आएका धिरेन्द्र यादब र कोटेश्वर क्षेत्रमा कवाड संकलन गर्ने अर्का एक व्यक्तीलाई महानगर प्रहरीले गुण्डागर्दी सैलीमा अपहरण गरी सुन्धारा बागदरबार लगेर ३ घण्टासम्म राखेर यातना दिएको भन्दै एक विज्ञप्ती निकालेर चेतावनी दिएको हो।
अध्यक्ष राम केबल गुप्ताद्धारा जारी विज्ञप्तीमा उल्लेख अनुसार कवाड संकलकको साईकल र समान जफत गरी अभद्र व्यवहार गर्ने गरेको र कवाड व्यवसायी र संकलन माथि भईरहेको यो प्रकारको महानगरको गुन्डागर्दी तत्काल नरोके काठमाडौं महानगरका विरुद्धमा कडा भन्दा कडा आन्दोलनका कार्यक्रम गर्ने र आफ्नो पेशा व्यवसायको संरक्षणको लागी जस्तो सुकै कदम चाल्न तयार रहेको जनाएको छ ।