दुई थान भरुवा बन्दुकसहित दुई भारतीय र एक नेपाली पक्राउ
धनगढी । सुदूरपश्चिम प्रहरीले धनगढी उपमहानगरपालिका–१८ एफगाउँबाट मंगलबार भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई भारतीय र एक नेपाली छन् ।
भारतको लखिमपुरखिरी नउसर बस्ने ३२ वर्षीय रियासत अली, सोही ठाउँका ४० वर्षीय देशराज राना र धनगढी उपमहानगरपालिका–१९ का ३९ वर्षीय गुरुप्रसाद चौधरीलाई भरूवा बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्रसिंह बोहराले जानकारी दिए ।
उनीहरूको साथबाट दुई थान भरूवा बन्दुक र एक थान चक्कु बरामद गरिएको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । रासस
प्रकाशित मिति: बुधबार, माघ २३, २०८१ ०९:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय