काठमाडौं । सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका वडा ११ का अध्यक्ष रामजी माझी विरुद्ध अख्तियारमा उजुरी परेको छ ।
अध्यक्ष माझीले अनुचित लाभ लिई आफ्नो अनुपस्थितीमा नाता पर्ने कोपिला माझीको लेनदेन कारोवारको तमसुक वडाबाट प्रमाणित गरी पदको दुरुपयोग गरेको भन्दै बद्रि कर्माचार्यले उजुरी हालेका हुन ।
पिडित भनिएका कर्माचार्यका अनुसार कारोबार गर्ने भनेर १९ लाख ५० हजारको तमसुक बनाएर काठमाडौं महानगरपालिकाको वडा नं. ३१ को कार्यालय गएको तर वडा अध्यक्ष नआएकोले सो दिन त्यक्तिकै फर्कि अर्को दिन वडाबाट प्रमाणित पछि मात्रै रकम दिने भन्दै कोपिला माझीले तमसुक पनि लगेर गएको तर लिखत प्रमाणित गर्न नबोलाई आफ्नो नातागोता पर्ने व्यक्तिलाई मोजाहिलामा पारी प्रलोभन देखाई तमसुक प्रमाणित गराएको आरोप पिडित कर्माचार्यले लगाएका छन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखिएको उजुरी पत्र अनुसार कारोवार नै नभएको तमसुक आफ्नो अनुपस्थिती मै इन्द्रावती गाउपालिका वडा ११ का अध्यक्ष रामजी माझीले एकतर्फी रुपमा गैर कानुनी तवरबाट एक पक्षले लिएर आएको तमसुक पदको दुरुपयोग गर्दै स्थानिय सरकारको छापसहित सहिछाप गरी आर्थिक कारोवार गरेको प्रमाणित गरी आफुलाई ठुलो हानी नोक्सानी पु¥याएको हुदा निज वडा अध्यक्षलाई यस कार्यालयमा झिकाई उचित छानविन गरी हदैसम्मको सजाय गरी पाउँ भन्ने व्यहोरा निवेदनमा रहेको छ ।
सी ०३९१०७ दर्ता नम्बर रहेको उक्त उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २०८१ पुस १९ गते दर्ता भएको हो ।
यसै विषयमा वडा अध्यक्ष रामजी माझीसग बुझ्दा अभिलेख राख्दिनु भनि कोपिला माझीको निवेदन परेकोले अभिलेख मात्रै राखिएको बताए । आर्थिक कारोवारको तमसुक प्रमाणित गर्दा दुवैपक्षको उपस्थिती अनिवार्य र १० लाख भन्दा माथि चेक मार्फत गरिनुपर्ने हुन्छ तर यहाँले एक जनाको उपस्थितीमा मात्रै प्रमाणित गरिदिनु भएछ नि भन्ने हाम्रो जिज्ञासामा अध्यक्ष माझीले भने मेरो अगाडी आर्थिक कारोवार भएको पनि होइन र दुवै जना उपस्थित पनि थिएनन् अभिलेख मात्रै राखिदिनुस् भनेकाले अभिलेख मात्रै राखिदिएको बताए ।