Khabar Out
चार वर्षीय बालक र दुई महिनाकी निर्दोष बालिका कारागारमा

गलकोट । जिल्ला कारागारमा आमासँग बालबालिका बस्न बाध्य भएका छन् । बागलुङको महिला कैदीबन्दीका दुई बालबालिका पनि कारगारमा  छन् । चार वर्षीय बालक कारागारमा बसेको १० महिना भयो । दुई महिनाकी बालिका पनि थपिएकी छिन् । 

इमेज बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष लक्ष्मीसेन सुनार सहकारी ठगी मुद्दामा २०८० माघ १२ गते काठमाडौंमा पक्राउ परेकी थिइन् । 

सुनारलाई जिल्ला अदालतले माघ १५ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । सुनार जिल्ला कारागार चलान भएको दुई महिनापछि उनका चार वर्षीय छोरा पनि कारागार पुगेका थिए । 

छोराको स्याहारसुसार र संरक्षण गर्ने मान्छे नभएपछि सुनारले पछिल्लो १० महिनादेखि छोरालाई आफूसँगै कारागारमा राख्दै आएकी छन् । 

कर्तव्य ज्यान कसुरमा आमा तनसरा विक पुस ९ गते पुर्पक्षका लागि कारागार चलान भएपछि उनीसँगै उनकी दुई वर्षीया छोरी कारागारमा बस्दै आएकी छिन् । 

सुनार र तनसरा दुवैको मुद्दा कहिले फैसला हुन्छ टुंगो छैन । पाँच वर्षभन्दा कम उमेरका बालबालिका आमा थुनामा रहेको समयमा घरमा हेरचाह र संरक्षण गर्ने व्यक्ति नभएपछि आमासँगै राख्न पाउने व्यवस्थाअनुसार उनीहरुलाई कारागारमै राखिएको जिल्ला कारागारका प्रशासक धीरेन्द्र पन्तले बताए । रासस

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update