काठमाडौं । देशमा बढ्दै गएको चरम बेरोजगारको मौका छोप्दै वैदशिक रोजगार दिलाई दिने आश्वासन दिई ठग्ने क्रम दिनप्रतिदिन बढ्दो छ ।
यस्तै बेरोजगारीको पाइदा उठाउदै राम्रो तलब आउने आश्वासन देखाई पोल्याण्ड र न्यूजिल्याण्ड पठाईदिने भन्दै नक्कली भिषा लेटर दिएर रकम लिई कृष्ण प्रसाद दाहाल सम्पर्क विहिन भएको पिडितहरुको आरोप छ ।
दाहालले १४ जना न्यूजिल्याण्ड, १४ जना पोल्याण्ड, १ जना जर्मन र १ जना डेनमार्क पठाइदिने भन्दै २५ लाख भन्दाबढि रकम लिएर सम्पर्क विहिन भएको पिडितहरुको नेतृत्व गरिरहेका सञ्जय राईले बताएका छन ।
०८० सालको भदौ असोज मै विदेश उडाउछु भन्दै भिषा लेटर दिई लाखौं रकम बुझेर दाहाल सम्पर्क विहिन भएको पिडितहरुले बताए ।
दाहाल सम्पर्क विहिन भएसगै भिषा लेटरका विषयमा बुझ्दा नक्कली भएको पाएसगै झनै अन्योलमा परेको र दाहालले दिएका दुवै वटा मोबाइल नम्बर सम्पर्क हुन नसकेको पिडितहरुका संयोजक राईले बताए ।
दाहालले युरोपको पोल्याण्ड, जर्मन, डेनमार्क र न्यूजिल्याण्ड पठाई दिने भन्दै अविनास पोखरेल , पेशल गुरुङ, अमर पराजुली, बविता श्रेष्ठ, राजेन्द्र प्रधान, राजु तामाङ, मुकुन्द खनाल, गोविन्द पाण्डे, अमृत तामाङ, मीनकाजी गुरुङ र कमल लामा लगायतलाई नक्कली भिषा लेटर दिई सम्पर्क विहिन भएको बताइन्छ ।
यसरी पिडित हुने मध्यका मीनकाजी गुनासो गर्छन ‘डेड वर्षसम्म न रकम फिर्ता भयो न विदेश जान पाइयो’ । त्यस्तै अर्का पेशल गुरुङको गुनासो पनि उस्तै छ पोल्याण्ड जाने भनेर सबैलाई भनियो तर ‘न पोल्याण्ड जान पाइयो न त रकम नै फिर्ता भयो’ । पिडित भएका मिनकाजी गुरुङले दुई लाख र पेशल गुरुङले ३ लाख बुझाएको बताए ।
यसै विषय बुझ्न कृष्ण प्रसाद दाहालसग पटक पटक सम्पर्क गर्दा उनको दुवै वटा नम्बरमा सम्पर्क हुन सकेन । दाहालसग सम्बन्धीत प्राप्त काजजात सुरक्षित रहेको छ ।