रविलाई १ करोड धरौटीमा छाड्न आदेश

काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दाका प्रतिवादी रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी लिई तारेखमा राख्न आदेश दिएको छ ।
सहकारी ठगीसम्बन्धी तेस्रो मुद्दाको सामना गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग अहिलेसम्मकै सबैभन्दा धेरै धरौटी माग्ने आदेश भएको हो । यसअघि कास्की जिल्ला अदालतले ६५ लाख तथा काठमाडौं जिल्ला अदालतले ६० लाख रुपैयाँ धरौटी लिई तारिखमा राख्ने आदेश दिएको थियो ।
प्रकाशित मिति: आइतबार, माघ १३, २०८१ १९:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय