काठमाडौं । सिद्धार्थ वनस्थली इन्स्टिच्युट र युरोपियन युनियनको संयुक्त आयोजनामा तीन दिने शैक्षिक सेमिनार गोष्ठी सम्पन्न भएको छ ।
दिगो रुपान्तरण शैक्षिक कार्यक्रकसगै नयाँ बाटोको नाम दिएको उक्त सेमिनार गोष्ठी सिद्धार्थ वनस्थली इन्स्टिच्युटको तेम्बा छिरिङ सभाहलमा यहि माघ ९ गते सम्पन्न भएको हो । युरोपियन युनियनका प्रतिनिधि, इन्स्टिच्युटका पूर्व विद्यार्थी, शिक्षकहरुले शिक्षाको महत्व र विगतका विषयमा आफ्ना भनाई राखेका थिए ।
दिगो रुपान्तरण शैक्षिक कार्यक्रक (NEWSTEP) नयाँ मार्गलाई बढावा दिँदै उज्ज्वन शैक्षिक भविष्य खोज्ने अभियानका रुपमा सेमिनार गोष्ठी आयोजना भएको हो ।
विद्यार्थी, शिक्षक, अभिभावहरुको बाक्लो उस्थिति रहेको सेमिनारमा पूर्व विद्यार्थीहरुले उत्पादन गरेका वस्तुहरुको पनि प्रदर्शनी गरिएको थियो ।
व्यावहारिक अर्थात जीवन उपयोगी शिक्षामा जोड दिदै आएको सिद्धार्थ वनस्थली इन्स्टिच्युटले विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ भने बेला बेलामा चीन लगायत युरोपका विभिन्न देशमा शैक्षिक भ्रमणमा लगि अन्तराष्ट्रिय अध्धयनसमेत गराउदै आएको छ ।