काठमाडौं । मुस्किलले १० प्रतिशत भन्दा बढि चलचित्रले लगानी सुरक्षित गर्न नसक्ने नेपाली चलचित्र क्षेत्रमा चलचित्र अवार्ड भने दर्जन भन्दा बढि हुने गरेको छ । सानो वजारसगै हलिउड र बलिउडको दबदबा रहेको नेपाली सिने वजारमा सफल हुने चलचित्र भन्दा धेरै अवार्ड हुनुलाई निकै आश्र्चय रुप लिएको छ । त्यति मात्र नभई विवाद रहित अवार्ड अहिलेसम्म भएको छैन भन्दा फरक पर्दैन । हुन त राम्रो कामको सम्मान गर्नु आफैमा नराम्रो नभएता पनि व्यक्ति देखि चलचित्र संघ संस्थाले नै अवार्ड गर्नु अर्को अच्चमको विषय हो ।
पाए ठिक नपाए बेठिक भन्ने पनि नभएका होइनन तर त्यहि नपाएकाहरुलाई रिजाउन संगठनै पिच्छे अवार्ड हुनु राम्रो होइन । कति अवार्ड त आफै जुरी र आफै अवार्डका हकदार समेत भएका घटनाहरुले राम्रो कामको सम्मानका रुपमा वाढिने अवार्ड नै बदनाम बन्न पुगेको छ । चलचित्र निर्माण कम्पनीहरु नै अवार्ड कार्यक्रम गर्न थालेपछि अवार्ड कतिको निष्पक्ष हुन्छ भन्ने सबैले स्वभाविक रुपमा बुझने कुरा हो । अझ स्वदेशमा मात्र होइन पछिल्लो समयमा विदेशमा अवार्ड गर्नेको होड्नै चलेको छ । तर विड्म्वना भन्नु पर्दछ स्वदेशमा गरिने अवार्ड कार्यक्रममा त प्रायोजक भेट्न कठिन अवस्थामा विदेशमा गरिने अवार्डको कुरै छोडौं । यसको एउटै स्रोत भनेको विदेश लगिने गैर कलाकर्मी र अवार्ड विक्री नै मुख्य आर्थिक स्रोत हुने गरेको चलचित्र क्षेत्रमै चर्चा र परिचर्चा हुने गरेको छ ।
चलचित्रको गुणस्तर र स्वदेश तथा विदेशको बजार भन्दा पनि अवार्डका लागि मरिहत्ते गर्ने कलाकर्मीहरुका कारण पनि अवार्ड गर्नेको ओइरो लाग्न पुगेको हो । असफल फिल्मका सफल हुदै गएका चलचित्र अवार्ड आफन्ताको लागि आफै अवार्ड गर्ने गरेको पनि आरोप लाग्दै आएको छ ।
प्राय महिनै पिछे हुनेगरेका यस किसिमका अवार्डको स्तरियता र निष्पक्षता हेर्ने निकाय नहुदा व्यक्तिगत देखि चलचित्रमा अभिनय गर्ने कलाकार, प्राविधिक, निर्देशक, निर्माता, लगायतले समेत अवार्ड कार्यक्रमको आयोजना गर्दै आएपछि सम्मानको रुपमा गरिने अवार्डको अस्तित्व गुम्दै गएको अग्रज कलाकर्मीहरुको भनाइ छ । एक दर्जनको हाराहारीमा भइरहेका अवार्डबाट सम्मानित हुने सबै फरक फरक हुने गरेका छन ।
एनएफडिसी, नेफ्टा ,डि सिने अवार्ड किन नहोस यी सवैमा अवार्डमा वर्षका सफल चलचित्र भिन्न भिन्न रहने गरेका छन । राष्ट्रका गहनाको रुपमा लिने कलाकारहरुलाई सम्मान गरिने अवार्ड पछिल्लो समयमा निकै आलोचित बन्दै गएको छ । निर्माताले आफनो चलचित्र प्रर्दशन गर्न बाह्र हन्डर खेप्नु पर्ने मुलुकमा अवार्ड भने दर्जन हुने गरेका छन । वार्षिक करोडांै डुवानमा परिरहेको नेपाली चलचित्र बजारमा अवार्ड गर्नेले भने जिविका चलाउनेदेखि विदेश घुम्ने माध्य बनाउदै आएका छन ।