Khabar Out
बाजुरामा रुखबाट खसेर महिलाको मृत्यु

बाजुरा । बाजुराको बुढीगङ्गा नगरपालिकामा रुखबाट खसेर एक जना महिलाको मृत्यु भएको छ । बुढीगङ्गा–३ बसालीकी ४३ वर्षीया वसन्ती उपाध्यायको डालेघाँस काट्ने क्रममा हाँगा भाँचिएर घटनास्थलमा मृत्यु भएको नेपाली कांग्रेस बुढीगङ्गा नगर कार्यसमितिका सभापति जयराज उपाध्यायले बताए । 

मृतक उपाध्याय सोही वडामा रहेको बहालिकोट आधारभूत विद्यालयमा प्रारम्भिक बाल विकास केन्द्रकी सहजकर्ता थिइन् । 

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update