Khabar Out
बाघको आक्रमणमा परी एक महिलाको मृत्यु

बर्दिया । बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार ठाकुरबाबा नगरपालिका–७ निवासी ५० वर्षीया पदमकला थापाको मृत्यु भएको हो ।

ठाकुरबाबा नगरपालिका–६ को बकुवा सामुदायिक वनमा गोठालो गएका बेला उनी बाघको आक्रमणमा परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले बताए । 

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update