Khabar Out
भूकम्पबाट क्षति भएका विद्यालय प्रदेश सरकारले पुननिर्माण गर्ने

काँकेविहार । कर्णाली प्रदेश सरकारले भूकम्पबाट क्षति भएका विद्यालय तथा स्वास्थ्य संस्था पुननिर्माण गर्ने भएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले  जाजरकोट र रुकुम पश्चिमका ती सरकारी संरचना पुननिर्माण गर्न हो ।

मन्त्रालयका अनुसार रुकुम पश्चिमको  २७ विद्यालय र पाँच स्वास्थ्य संस्था पुन:निर्माण गर्न लागिएको हो ।  विद्यालय भवनका लागि रु १९ करोड ६० लाख र पाँच  स्वास्थ्य संस्था पुन निर्माणका लागि रु दुई करोड ४० लाख स्वीकृत भएर आएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update