Khabar Out
म्याग्दीको घोडेपानीमा हिमपात, जनजीवन प्रभावित

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा आज दिउँसो हिमपात भएको छ ।

समुद्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा रहेको घोडेपानी गण्डकी प्रदेशको म्याग्दी, मुस्ताङ, मनाङ, लमजुङ र कास्की जिल्लालाई समेटेको अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य हो ।  घोडेपानीका होटल व्यवसायी बिसन रानाले यो वर्ष पहिलो पटक हिउँ परेको बताए । 

“दिउँसो करिब एक घण्टा हिउँ परेको थियो,” उनले भने, “ओसिलो ठाउँ र डाँडामा हिउँ जमेको छ ।” हिमपातपछि चिसो बढेको छ । जनजीवन प्रभावित भएको छ । स्थानीयवासीहरू घरभित्रै आगो तापेर बसेका छन् । 

आज दिउँसो म्याग्दीमा हल्का वर्षा भएको छ । करिब तीन महिनापछि वर्षा भएको हो । हल्का वर्षाले हिउँदे बालीलाई सामान्य राहत पुगे पनि सिचाइका लागि पर्याप्त नभएको कृषि प्राविधिक र कृषकहरूले बताएका छन् । रासस

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  २१:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update