काठमाडौँ । विराटनगर महानगरपालिका–१३ कोशी राजमार्गबाट छ वटा दुर्लभ जनावर सुन गोहोरोसहित दुई जना पक्राउ परेका छन् । भारतबाट विराटनगरतर्फ आउँदै गरेका उनीहरूलाई आज बिहान पक्राउ गरिएको हो ।
प्रहरीले सुनसरीको बर्जु गाउँपालिका–१ का ५८ वर्षीय बुद्धि ऋषिदेव र ५६ वर्षीय सुरेश ऋषिदेवलाई कारबाहीका लागि जिल्ला डिभिजन वन कार्यालय पठाएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । रासस
प्रकाशित मिति: सोमबार, पुस २२, २०८१ १७:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय