Khabar Out
राखु भगवतीको पूजाको प्रबन्ध गर्न ९० लाखको अक्षयकोष स्थापना

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ स्थित सत्रौँ शताब्दीको राखु भगवतीमा नियमित पूजाको प्रबन्ध गर्न रु ९० लाखको अक्षयकोष स्थापना भएको छ । गत असोजमा आयोजित महायज्ञबाट सङ्कलन भएको उक्त रकमबाट अक्षयकोष स्थापना भएको हो ।

महायज्ञबाट सङ्कलन भएको रु एक करोड १० लाखमध्ये रु १८ लाख ५० हजार खर्च भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले जानकारी दिए । मन्दिरमा पुजारीका साथै नियमित पूजाको प्रबन्ध गरिएको छ । 

म्याग्दीको यो प्रसिद्ध शक्तिपीठको पुरातत्व विभागले तीन वर्षअघि रु ६२ लाखको लागतमा पुनर्निर्माण गरेको हो । रासस  

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update