Khabar Out
सर्वोच्च बारको निर्वाचन : प्रजातान्त्रिक समुहबाट पोखरेलको नेतृत्वमा उम्मेद्वारी घोषणा

काठमाडौं । आगामी पौष २० हुन गइरहेको सर्वोच्च अदालत बार एसोसिएसनको निर्वाचनमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेलले नेतृत्वमा वृहत् लोकतान्त्रिक, समाजवादी पेशागत कानून व्यवसायी समूहका उम्मेदवारहरूको टीम घोषणा भएको छ । 

व्यवसायिक हित र पेशागत स्वच्छता, हाम्रो प्रतिवद्धता नारा दिएको सो समुहमा बृहत लोकतान्त्रिक र समाजवादी समावेशी पेशागत कानुन व्यवसायीहरुले संयुक्त उम्मेदवारी दिएका हुन ।  

पोखरेलको समुहमा  उपाध्यक्षमा अधिवक्ता अमर बहादुर राउत , सचिवमा रमण कुमार कर्ण, सह सचिवमा पुन्देवी महर्जन ‘सृजना’, कोषाध्यक्षमा रामचन्द्र पौडेल र सदस्यहरुमा वरिष्ठ अधिवक्ता दुर्गामोहन श्रेष्ठ, वरिष्ठ अधिवक्ता इन्द्रशेखर खड्का, अधिवक्ताहरु शशी बस्नेत, प्रवीणकुमार श्रेष्ठ, नागेश्वर चौधरी, निर्मल प्रसाद उपाध्याय, ओमकृष्ण श्रेष्ठ, प्रमोद रेग्मी, पुरुषोत्तम लोहनी र प्रदिपकुमार राजवंशीको उम्मेदवारी परेको छ ।

चुनाव नजिकिदै गर्दा प्रचार प्रसार तिब्र पारिएको छ । यहि २० गते शनिवारका दिन हुन लागेको चुनाव नेपाल वार एशोसियसनको सभाहलमा हुनेछ ।  

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  २१:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update