Khabar Out
खोलाले बगाउँदा युवतीको मृत्यु

उदयपुर । जिल्लाको रौतामाई गाउँपालिका–१ भएर बग्ने ओडारे खोलाको बाढीमा परी १६ वर्षीया हिसिला तामाङको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख हरिहरनाथ योगीका अनुसार तामाङको खेतमा काम गरेर घर फर्कने क्रममा ओडारे खोलाले बगाउँदा शनिबार मृत्यु भएको हो ।

 

हिसिला साँझ अबेरसम्म खेतबाट घर नफर्केपछि निजका परिवार आफन्तले खोजीका क्रममा खोला किनारमा उनको शव  फेला पारेका थिए । 

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update