Khabar Out
फुटसलमा लुट,  बालेन चुप !

काठमाडौं । पछिल्लो समयमा व्यवसायमा परिणत हुदै गएको घरभाडा व्यवसाय जस्तै फुटसल पनि व्यवसायमा परिणत हुदै गएको छ । रंगशालाहरुमा भन्दा पनि फुटसलमा सिमित हुदै गएको नेपाली फुटबललाई आधार बनाउदै व्यवसायीहरु विच फुटसल बनाउने प्रतिस्पर्दा नै चलेको छ । यतिबेला राम्रो आम्दानीको स्रोत बन्न पुगेको फुटसलले मनोमानी रकमसमेत लिदै आएको पाएको छ । 

हाल राजधानीमा फुटसल सयौंको संख्यामा रहेका छन । प्रति घण्टा १२ सयदेखि ३ हजारसम्म फुटसल व्यवसायीहरुले शुल्क लिदै आएका छन ।
‘न विल दिनु पर्ने, न त आम्दानीको कर नै तिर्नु पर्ने’ एकदम आन्नदको व्यवसाय बन्न पुगेको फुटसललाई करको दायरा नल्याउदा फुटसल उपभोक्ता मारमा परेका छन । एकै दिनको तीन थरी शुल्क लिने गरेका फुटसल व्यवसायीले विहान एउटा शुल्क, दिउँसो अर्को शुल्क र साँझ पाँच बजेपछि अर्कै शुल्क तय गरी लिने गरेका छन ।

फुटबल खेलाइने फुटसल निर्माणमा कुनै मापदण्ड नहुदा मनोमानी किसिमबाट फुटसल निर्माण भइरहेका छन । बास्केटबल ग्राउण्ड भन्दा सानो फुटसल बनाएर मूल्य भने प्रति घण्टा १२ सयदेखि ३ हजारसम्म अशुल्दै आएका छन । करको दायरामा नआएको भन्दै ठेलगाडा, चोक चोकमा विक्रीवितरण हुने पानीपुरी, चटपटे लगायतका व्यपापार चोक गल्लीबाट हटाएको काठमाडौं महानगरले फुटसलको लुटमा भने महानगरका बालेन रहस्यमय रुपमा चुप रहेका छन । 
 

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update