Khabar Out
 एमालेले गर्यो रावललाई पार्टीबाट निस्काशन , विन्दा र उषालाई ६ महिना निलम्बन


काठमाडौं । नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीको साधारण सदस्यबाट पनि हटाएको छ ।
बुधबार बसेको सचिवालय बैठकले रावललाई पार्टीबाटै हटाउने निर्णय गरेको हो । रावलले पछिल्लो पटक केन्द्रीय कार्यालय भवन व्यापारी मीनबहादुर गुरूङबाट लिने निर्णयप्रति विरोध जनाएका थिए । यसपछि गत ४ कात्तिकमा एमालेले रावलसहित स्थायी कमिटी सदस्य डा.बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई स्पष्टीकरण सोधेको थियो ।

पाण्डे र तिमल्सेनाले स्पष्टीकरण बुझाए पनि रावलले कुनै जवाफ नदिएको र बारम्बार पार्टी बलियो बनाउने भन्दा पनि निरन्तर कमजोर बनाउने हिसाबले अभिव्यक्तिहरू दिदै आएको हुनाले साधारण सदस्यबाट पनि मुक्त गर्ने निर्णय गरेको जनाएको छ । त्यैगरी रावललाई पार्टीबाट निस्काशन गरेतापनि स्पष्टीकरण पत्र लेख्ने पाण्डे र तिमल्सेनालाई भने ६ महिना जिम्मेवारीबाट निलम्बन गर्ने मात्रै निर्णय गरेको छ ।


 

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  २१:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update