काठमाडौं । बहुआयामिक कृषि बचत तथा ऋण सहकारी संस्थाको १६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिवार स्वयम्भू ब्राका गुम्बामा आयोजित साधारणसभामा पूर्व मन्त्री तथा राप्रपाका काठमाडौ जिल्ला अध्यक्ष बिक्रम बहादुर थापाको प्रमुख आतिथ्यो एवं संस्थाका अध्यक्ष ध्रुब प्रसाद खनालको अध्यक्षतामा सभा सम्पन्न भएको हो।
संस्था अध्यक्षमा एवं कार्यक्रमका सभापति ध्रुब प्रसाद खनालले सहकारी अभियानले छरिएर रहेको पुँजी, श्रम र सीपलाई एकीकृत गर्दै मुलुकको गरिबी न्यूनीकरण र समग्र आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुऱ्याउदै आएका सहकारीलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख ३ खम्बाको रुपमा लिने गरिएता पनि सहकारी ऐन विपरित सञ्चालित केहि ठुला भनिएका सहकारी संस्थाहरुको बदमासीसगै बदनाम हुन पुगेको सहकारी संस्थालाई राज्यले उपेक्षा गरेको बताए ।
सर्वहारा वर्गको घरदैलोमा पुगेर सेवा दिनेमात्र नभई देशको अर्थतन्त्रको तीन खम्बेमध्य एक खम्बा रहेको सहकारी क्षेत्र प्रति राज्यले उचित कमदचाली गुम्दै गएको विश्वसनियतालाई पून: विश्वासको वातवरण बनाउन कदम चाल्न ढिला गर्न नहुने पनि अध्यक्ष खनालको भनाई थियो । त्यसैगरी सहकारी ऐन कानुनको परिधि भित्र बसेर सञ्चालन भएका सहकारी कुनै पनि समस्यामा नपरेको तर ठुला सहकारी संस्थाको बदमासीको प्रभाव सानामा पनि पर्न गएको प्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष खनालले बहुआयामिक कृषि सहकारी संस्था सहकारी ऐन कानुन सम्वत सञ्चालन भएकोले कुनै समस्या नरहेको बताए ।
त्यस्तै, सहकारी संस्थाको आर्थिक प्रतिवेदन पेस गर्दै लेखा सुपरिवेक्षण समितिका संयोजक ट्यान सिंह लामाले आ. व. ०८०।०८१ को आर्थिक प्रतिवेदन र ०८१।८२ को कार्ययोजनासमेत प्रस्तुत गरेका थिए । संस्थाको असारमसान्त सम्म शेयरपुँजी ३ करोड ८१ लाख ८ हजार नौं सय रहेको छ । जगेडा तथा अन्य कोष गरी ३ करोड, ६८ लाख ८६ हजार ५ सय ७१ रुपैँया रहेको छ । त्यस्तै निक्षेपतर्फ १७ करोड ९० लाख ६८ हजार ६ सय ६३ रुपैया रहेको छ ।
०६५ सालमा ५१ जनाबाट शुरु भएको संस्थामा हाल १६३२ जना भन्दा धेरै शेयर सदस्यहरु रहेका छन् । त्यसैगरी संस्थाले बहुआयामिक मोफिन एप (Bahu Aayamik Mofin App) सञ्चालनमा ल्याई सदस्यहरूलाई सेवा प्रदान गर्ने हेतुले थप सहज र सरल बनाउन मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कारोबारको स्टेटमेन्ट हेर्न सकिने सुविधाका साथै कनेक्ट आइपीएस, फोन पे र क्यूआर पेमेन्ट समेत सञ्चालन गर्दै आएको छ ।
‘बहुआयामिक सहकारीको सपना तपाई हाम्रो सुनौलो भविष्यको स्थापना" भन्ने नाराकासाथ सम्पन्न भएको १६ औं वार्षिक सभामा प्रमुख अतिथि बिक्रम बहादुर थापा, बागमती प्रदेश संसदीय दलको नेता माननिय उद्धब थापा, राप्रपाका नेता प्रकाश रिमाल लगायले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा पत्रकार , जेष्ठ नागरिक, कर्मचारी, एकल महिला लगायतलाई सम्मान गरिएको थियो ।