Khabar Out
हिलटेक ट्याङकी बोक्ने गाडीलाई ट्राफिकको छुट !

काठमाडौ । ट्राफिक नियम सबैमा सम्मान हुनुपर्छ तर कतिपय पहुँच भएका व्यक्ति र केहि कम्पनीलाई ट्राफिक नियम नलाग्ने भेटिएको छ । वहालवाला तथा पूर्व उच्च पदका प्रहरी अधिकृत ,नेता, मन्त्री र केही व्यापारिका सन्तानलाई खासै ट्राफिक नियमले फरक पारेको देखिदैन । पहुँच भएका व्यक्तिका सन्तानले मोटरबाईकको स्वरुप परिवर्तन गर्दै सडकमा आंतक मच्याउदै सवारी हाक्दासमेत ट्राफिक प्रहरीले कारवाहीको दायरामा ल्याउन नसक्नु र आंतक मच्याउने कार्यको अन्त्य नहुनुनै यसको ज्वलन्त उदाहरण हुन । त्यसैगरी पहुँच नभएका सामान्य व्यक्तिले मोटरबाइकमा केहि सामान बोक्दा समेत कारवाही गर्ने ट्राफिक प्रहरीले हिलटेक कम्पनीद्धारा उत्पादिन पानी ट्याङकी बोक्ने सवारी साधानले क्षमता भन्दा दोब्बर सामान बोक्दासमेत कुनै कारवाही नगरी उन्मुक्ति दिनेको पाएको छ ।

नीजि तथा मालबाहक जुन सुकै सवारी साधान भएपनि यातायात व्यवस्था कार्यालयले अनुमती दिएको बेगर प्रयोगमा ल्याउन नपाईने भएतापनि ट्राफिक प्रहरीलाई प्रभावमा पार्दै हिलटेक कम्पनीद्धारा उत्पादित पानी ट्यांकी बोक्ने गाडीले जति नै ट्राफिक नियमको उलघंन गरेपनि ट्राफिक प्रहरीहरुले कारवाही नगर्ने गरेकोे बताइन्छ । अन्य मालबहाक सवारी साधानको सामान्य गल्ती हुदासमेत कारवाही हुने तर वर्षौदेखि क्षमता भन्दाबढि सामान बोक्दै आएका हिलटेकको ट्यांकी बोक्ने सवारी साधानलाई विना कुनै रोकतोक निर्वाद रुपमा चल्न दिने गरेको बताइन्छ ।

हिलटेकले ट्यांकी बोकिरहेका गाडी निर्वाद रुपमा सञ्चालन भईरहेका यी तश्विरहरुबाट पनि प्रस्टै हुन्छ । यी तश्विर मध्ये एउटा सिंहदरबार सर्वोच्च अदालत अगाडीको हो भने अर्को सरस्वती क्याम्पस ठमेल सडकको हो । ट्राफिक नियम उल्लंघन गर्दै निर्वाद सञ्चालन भइरहेपनि ट्राफिक प्रहरी निकायको ध्यान जान सकिरहेको छैन । सडकमा राखिएका डिभाइडरहरु हिलटेकले उपलब्ध गराएका कारण पनि हिलटेकलाई कारवाही नभएको आरोप लाग्दै आएको छ ।

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update