काठमाडौँ । कवाड व्यवसायी समाजले निर्बाध रूपमा पेसा व्यवसाय सञ्चालनको वातावरण बनाउन आग्रह गरेको छ । समाजका अध्यक्ष रामकेवल गुप्ताले आज विज्ञप्ति जारी गर्दै काठमाडौँ महानगरपालिकाले कवाड व्यवसायीमाथि गरिरहेको व्यवहार तत्काल सच्याउन माग गरेका हुन् ।
महानगरले कवाड व्यवसायीलाई दुःख दिने, तोडफोड गर्ने, आज पनि अनामनगर, विशालनगर, बानेश्वर र सेतोपुल क्षेत्रका कवाडमा तोडफोड गरिएको समाजले आरोप लगाएको छ । “कवाड व्यवसायीका सामान जफत गरेर अभद्र व्यवहार गरिएको छ । यस प्रकारको ज्यादती तत्काल रोकी सहज ढङ्गले पेसा व्यवसाय सञ्चालन गर्न दिन हुन सरोकारवाला सबैलाई अनुरोध गर्न चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ । रासस
प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१ २१:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय