काठमाडौं । बाणिज्य बैंकरहरूको छाता संगठन नेपाल बैंकर्स संघको ३८औं वार्षिक साधारणसभाले सन्तोष कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मच चयन गरेको छ । संघको बुधबार आयोजित ३८ औं वार्षिक साधारणसभाले कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । यस अघिको कार्यकालमा बरिष्ठ उपाध्यक्ष रहेका कोइराला माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ हुन् ।
त्यसैगरी संघको उपाध्यक्षमा ग्लोबल आईएमई बैंक सीईओ सुरेन्द्रराज रेग्मी चयन भएका छन् भने सदस्यहरूमा नेपाल बैंकको सीईओ तिलकराज पाण्डेय, प्राइम कमर्सियल बैंकको सीईओ सञ्जीव मानन्धर, सानिमा बैंकको सीईओ निश्चलराज पाण्डे, प्रभु बैंकको सीईओ अशोक शेरचन, सिद्धार्थ बैंकको सीईओ सुन्दरप्रसाद कँडेल, कुमारी बैंकको सीईओ रामचन्द्र खनाल र एभरेस्ट बैंकको सीईओ सुदेश खालिङ चयन भएका छन् ।
त्यस्तै सल्लाहकारमा निवर्तमान अध्यक्ष सुनिल केसी तथा पूर्वअध्यक्षहरू अशोक राणा र ज्ञानेन्द्रप्रसाद ढुंगाना कार्यसमिति सल्लाहकारका रूपमा रहेको जनाएको छ ।