Khabar Out
विदेशमा सिकेको सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न मन्त्री भण्डारीको आग्रह

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दक्षिण कोरियामा रहेका गैरआवासीय नेपालीलाई त्यहाँ सिकेको सीप र आर्जन गरेको सम्पत्ति मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह गरेका छन् ।

दक्षिण कोरियाको पाँचदिने औपचारिक भ्रमणमा रहेका भण्डारीले गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्ले आज आयोजना गरेको स्वागत कार्यक्रममा  ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका हुन् ।

उनले भनिन्, “तपाईंहरूले आर्जन गरेको सम्पत्ति ढुक्क भएर नेपालमा लगानी गर्नुस्, नेपाल सरकार पुँजीको संरक्षण र प्रवर्द्धन गर्न प्रतिबद्ध छ ।” विदेशी लगानी भित्र्याउन सरकारले उपयुक्त वातावरण बनाउनका साथै लगानी सुरक्षाको प्रत्याभूति गरेको उनले बताए। उनले लगानी प्रवर्द्धन गर्न बाधक ऐनकानुन संशोधन गरिने प्रतिबद्धता पनि व्यक्त गरेको मन्त्री भण्डारीको निजी सचिवालयले जनाएको छ । 

गैरआवासीय नेपालीहरूले मन्त्री भण्डारीसमक्ष नेपालमा लगानी भित्र्याउन आफूहरू तयार रहेको र नेपाल सरकारले लगानी संरक्षणको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिएका थिए । रासस

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  २०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update