मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले भावी पुस्ताका निम्ति मुलुकका मौलिक संस्कृति र परम्पराको संरक्षणमा जोड दिएका छन् ।
धान्य पूर्णिमा, उधौली पर्व, यमरीपुन्ही एवं ज्यापु दिवसका अवसरमा आज उनले दिएको शुभकामना सन्देशमा उक्त कुरामा जोड दिइएको छ ।
चाडपर्व र मौलिक परम्परा देशका अमूल्य निधि भएकाले तिनको संरक्षण गर्नुपर्ने बताउँदै उनले सन्देशमा “हाम्रो सामाजिक सद्भाव, मेलमिलाप तथा गौरवपूर्ण मौलिक संस्कार र परम्परा सुखी जीवनका आधार हुन्”, भनेका छन् । रासस
प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१ १५:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय