Khabar Out
बागी उम्मेदवार दिने रमेश विष्टसहित १३ जना प्रेस युनियनबाट निष्कासित

काठमाडौँ । नेपाली काँग्रेसनिकट पत्रकार संगठन नेपाल प्रेस युनियनले पत्रकार महासंघको निर्वाचनमा बागी उम्मेदवार बनेका रमेश विष्टसहित १३ जनालाई निष्कासित गरेको छ।

संगठनको निर्णय विपरीत माओवादी निकट पत्रकार संगठन प्रेस सेन्टरसहित अन्य संगठनको समर्थनमा अध्यक्षमा उम्मेदवार बनेपछि विष्टलाई युनियनले कारबाही गरेको हो।

निष्कासित हुनेहरूमा विष्टसहित विकास कार्की, श्वीजन झा, मीन बम, राम धामी, राजु खराल, मिनराज गौतम, नारायण खडका, माधव दुलाल, अमृत बाँस्तोला, यदुनाथ बन्जरा र ध्रुव रावल रहेका छन्।

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  २१:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update